आज :

केन्द्रिय पुस्तकालय निर्माणले चाँडै गति लिन्छ : शिक्षामन्त्री राई

  • अनलाइन डबली

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले, केन्द्रिय पुस्तकालय निर्माणले चाँडै गति लिने बताएका छन् ।

सोह्रौँ पुस्तकालय दिवसको अवसरमा काठमाडौंमा आयोजित, कार्यक्रममा मन्त्री राईले, सर्वोच्च अदालतले समेत पुस्तकालय निर्माणका लागि बाटो खोलिदिएको भन्दै अब चाँडै काम अघि बढाउने वचन दिए । उनले भने ‘केन्द्रिय पुस्तकालय निर्माणका लागि आवश्यक केन्द्रिय पुस्तकालय निर्माणको काममा जे जे अवरोधहरु छन् बाधाहरु छन् वा हामीलाई दिइएका जिम्मेवारी छन् । प्रक्रियाहरु पुरा गर्नुपर्ने आदिइत्यादी त्यो पुरा गरेर, बाधाहरुलाई हटाएर । केन्द्रिय पुस्तकालय निर्माणको कामलाई निरापद, निष्कंटक, निर्वाध, अगाडि बढाउने संकल्प यहाँहरु समक्ष म प्रस्तुत गर्न चाहान्छु ।’

उनले पछिल्लो समय युवा पिढीमा पुस्तक पढ्ने संस्कार हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने युग अनुकुल पुस्तकालयलाई परिमार्जित गर्दै लैजान सरकार तयार रहेको बताए ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले, नेपाली पुस्तकालयलाई प्रविधिमैत्री बनाइनु पर्ने बताइन् । त्यसका लागि डिजिटाईज र दक्ष जनशक्तिको व्यवस्था गर्न जरुरी रहेको उनको भनाई छ ।
त्यस्तै पूर्वमन्त्री गणेश शाहले, नेपाली पुस्तकालयलाई समय सापेक्ष बनाउन नसके पठन संस्कृतिमा समस्या हुनसक्ने तर्फ सचेत गराए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal