आज :

लितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी

  • अनलाइन डबली

 

साढे दुई दशक भन्दा बढी समयदेखि निजी क्षेत्रको हितका लागि क्रियाशील रवीन्द्रराज ताम्रकारले ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। संघको यही असोज १९ गते शुक्रबार हुने संघको ४४ औं साधारणसभा तथा निर्वाचनमा पुस्तौदेखि तामा पित्तल व्यवसायमा संलग्न ताम्रकारले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी ताम्रकारले उम्मेदवारी दिने घोषणा गर्नुभएको हो।‘ अध्यक्षमा मेरो उम्मेदवारीलाई पुस्तौदेखि तामापित्तल व्यवसायीमा संलग्न एक हस्तकलाकर्मी र चेम्बर अभियानमा लागेको गति र गन्तव्यको परिणत हो।’ उम्मेदवार ताम्रकारले पत्रकार भेटघाटमा भन्नुभयो। ५६ वर्षको इतिहास बोकेको संघमा ताम्रकार २५ वर्षभन्दा बढी समयदेखि विभिन्न पदमा रहेका सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। संघको विशेषता, चुनौती र अवसरलाई सूक्ष्म रुपमा केलाउने सक्ने अग्रज र अनुभवीको रुपमा आम व्यवसायीमाझ ताम्रकारको छवि बनेको छ। पूर्वअध्यक्ष नरेशकुमार श्रेष्ठको कार्यकालमा कार्यसमिति सदस्य तथा संगठन विस्तार तथा प्रचारप्रसार संयोजक रहेका ताम्रकार मृगेन्द्रमान प्रधानको नेतृत्वमा बनेको कार्यसमितिमा पनि सोही समितिको संयोजकको जिम्मेवारी सम्हाल्नुभएको थियो। त्यसैगरी ताम्रकार अजरमान जोशीको नेतृत्वमा बनेको कार्यसमितिमा प्रथम उपाध्यक्ष र सविन श्रेष्ठ अध्यक्ष रहेको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहनुभएको थियो। संघले ललितपुर उपमहानगरपालिका र ज्यापू समाजसंग मिलेर २०६९ चैत्र १५ गते विहीबार देखि चैत्र २१ बुधबारसम्म आयोजना गरेको ललितपुर महोत्सवको सदस्य सचिव रहेका ताम्रकार संघको अग्रसरमा २०७५ सालमा खड्गजात्रा (पायः जात्रा) पुनःआगमन गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। स्वर्गीय बेखानाथ श्रेष्ठको अग्रसरतामा २०२३ साल चैत्र ४ गते स्थापना भएको संघमा हरेक वर्ष चैत्र ४ गते उद्योगी, व्यवसायीहरु भेला भएर संस्थापक र अग्रजहरुलाई स्मरण गर्दै स्थापना दिवस मनाउने परम्परा शुरु गर्न ताम्रकारले अग्रणी भूमिका निर्वाह गर्नुभएको थियो। व्यवसायीको अतिरिक्त ताम्रकार ललितपुरको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषतालाई संरक्षण र प्रर्वद्धन गर्ने कार्यका साथै सामाजिक हितमा दत्तचित भएर लागिरहनुभएको छ । यस अघि ताम्रकार समाजको दुई कार्यकाल अध्यक्ष रही सक्नुभएका ताम्रकारले ताम्रकार समाज मार्फत ललितपुरका विभिन्न जातीय समाज,खलःपुचःबीच आपसी समन्वय र सद्भावको वातावरण बनाई भाषा, संस्कृति संरक्षणमा पनि लामो समय खर्चिनुभएको थियो। यश अतिरिक्त उहाँले विभिन्न संघ संस्थाहरुको नेतृत्वदायी भूमिकापनी सफलतापूर्वक निर्वाह गरिसक्नु भएको छ । उहाँ हाल नोवल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा नेपाल तामा पित्तल व्यवसायी संघका महासचिव पनि हुनुहुन्छ । निजी क्षेत्रको मुद्दा र समसामयिक सवालमा निरन्तर कलम चलाउंदै आएका ताम्रकारले आफ्नो समग्र, अनुभव, ज्ञान, फराकिलो सम्बन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोहर्‍याउने अर्जुन दृष्टि लिएर निर्वाचनमा होमिएको बताउनुभयो।‘ मेरो जीवनको अधिकाशं समय उद्यो्ग र वाणिज्य क्षेत्रमा बिताइसकेको छु । मेरो ध्येय र एजेण्डा अहिलेसम्मको कार्यले देखाइसकेको छ ।अब एकचोटी अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै वर्तमानको जिम्मेवारीलाई पुरा गर्दै भविष्यमा संंघलाई अझ उचाईलाई माथि पुर्‍याउने दृढता रहेको छ ।‘ अध्यक्षमा उम्मेदवारी दिने निर्णय यही सोच, अनुभव र प्रतिबद्धताको सम्मिश्रण हो।’ ताम्रकारले भन्नुभयो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal