
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट अनुमोदन भईसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको भन्दै संसदबाट अनुमोदन भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका हुन् ।
“एमसीसी कार्यान्वयनमा जान्छ नै । संसदबाट नै अनुमोदन गरेको कुरा नै १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो छ । झुटको खेस्रो उहाँहरुले जनतालाई दिएको धोका मात्र हो, संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो” ओलीले भने ।
उनले तत्कालीन सरकारले सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली जनता र संसदलाई धोका दिएको भन्दै भने, “सरकारले त्यति बेला नेपाली जनतालाई झुट बोलेर धोका दिएको हो ।
नेपाली संसदसँग बेईमानी गरेको हो १२ बुँद्दे व्याख्यात्मक घोषणा त्यस सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीले र परराष्ट्र मन्त्रीले एमसीसीले तानिसकेको छ यो सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली संसदलाई धोका दिनुभयो र पास गर्नुभयो ।”