आज :

भारतले उसिना चामल निर्यातमा गर्यो कडाइ, निर्यात कर २० प्रतिशत पुग्यो

  • अनलाइन डबली

काठमाडौँ । भारतले उसिना चामल निर्यातमा पनि कडाइ गरेको छ ।  चामल र प्याज निर्यातमा यस अघिनै कडाइ गरेको भारतले नेपालीहरुको माहान चाड दशैँ नजिकिँदै गर्दा उसिना चामलमा २० प्रतिशत निर्यात कर लगाएको छ ।

भारतको वित्त मन्त्रालयले गएको शुक्रवार सूचना निकालेर आउँदो असोज अन्तिम हप्तासम्म यस्तो कर लगाइएको जनाए पछी भारतीय बजारमा अहिले चामलको मूल्य बढेको छ ।  निर्यात निरुत्साहनस्वरुप भारतले उसिना चामलमा २० प्रतिशत  कर लगाएको हो ।

शुक्रवारअघि नै निर्यातका लागि अनुमति लिएका वा प्रक्रिया पूरा गरेका निर्यातकर्तालाई भने सूचनाले बाधा नपुग्ने जनाइएको छ ।

भारतीय बजारमा उसिना उसिना चामल लगाएतमा  गरेको मुल्य वृद्दि र  उसिना चामलमा करको भार बढ्नुले आयात गरिएका भारतीय चामको भाउ बढ्ने निश्चित  छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal