काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाज र वर्गभन्दा माथि पत्रकारिता हुन नसक्ने बताएका छन् । उनले देश, समाज र परितर्वनको पक्षमा मिसन पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
सामाजवादी प्रेस संगठन नेपालको दोस्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले भने, “वर्गभन्दा माथि पत्रकारिता हुँदैन, पत्रकारितामा पक्षधरता हुन्छ, तपाईँहरुको पक्षधरता देश र जनता हुनुपर्छ ।”
अध्यक्ष नेपालले दलाल पुँजीवादी शक्ति मुख्य खतराको रुपमा आएको भन्दै त्यसविरुद्ध यसले देशको अर्थतन्त्रको विकास र सुशासनको निमार्णमा बाधाहरु खडा भएको बताए ।
उनले कृषि, विद्युत र पर्यटनको क्षेत्रलाई विकास गर्ने हो भने देश विदेशीहरुमाथि निर्भर हुन नपर्ने भन्दै आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा परिणत गर्न सकिने बताए ।
“देशमा कृषि क्षेत्र अर्थतन्त्रको आधारको रुपमा लिन चहान्छौ । जल विद्युत र पर्यटनलाई नेपालको इन्जिनको रुपमा हेर्न सकिन्छ । विकास गर्नको लागि यी दुई क्षेत्रलाई राम्रोसँग उपयोग गर्न सकियो भने हाम्रो देश विदेशीहरुमाथि निर्भर हुन पर्दैन् । हाम्रो आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा परिनत गर्न सकिन्छ” नेपालले भने ।
देशका युवाहरु विदेशमा पलायन हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसको लागि सरकारले लिएको नीति राम्रो छ कि छैन् भन्ने बारेपनि ध्यान दिनु आवश्यक भएकोमा नेपालले जोड दिए ।
अध्यक्ष नेपालले भने, “देशका युवाहरु विदेशमा पलायन भईरहेका छन्, हाम्रो देशमा युवाहरुको कमि देखिएको छ । यो विषयमा सरकार नयाँ ढङ्गले अगाडि बढ्नु पर्छ । सरकारले लिएका नीति, काम, जिम्मेवारी पूरा गनरेको छ कि छैन् । भन्ने कुरामा तपाईहरुले ध्यान दिनुपर्छ । नेपाली समाजमा भएको निराशालाई चिरेर युवाहरुलाई शिक्षाको साथ सीपको विकास गर्नुपर्छ ।”


अनलाइन डबली


