आज :

राष्ट्र बैंकका गभर्नरलाई लघुवित्त पीडितको चेतावनीः तपाई वित्तिय दलालको संरक्षक नबन्नुस्

  • अनलाइन डबली

काठमाडौं । लघुवित्त पीडितले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पीडकहरुको दलालभएको आरोप लगएका छन् । बिहिबार संवाद डबलीमा एक पत्रकार सम्मेलन गरी मंसिर ५ गतेसम्म वर्ता र संवादमार्फत समस्या हल नभए त्यसपछि थप कडा आन्दोलन गर्ने बताएका छन् ।

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञावालीले राष्ट्र बैंकका प्रमुख अधिकारी नै लघुवित्तहरुसँगको मिलेमतो गरेर लाखौं पीडितलाई थप पीडा दिएको आरोप लगाएका छन् । सरकारसँग वार्ता भइरहँदा राष्ट्र बैंकले वेवास्ता गरेर झन समस्या बल्झाएको र अब पनि गम्भिर नभए कडारुपमा उत्रने र त्यसको जिम्मा गभर्नर अधिकारी हुनुपर्ने चेतावनी दिएका छन् ।

आफूहरुले मंसिरसम्म आन्दोलनलाई स्थगन गर्ने घोषणा गरेको र त्यो समय अबधीमा सरकार र सम्बन्धित निकायले पीडितहरुको समस्या समाधान गर्नु पर्ने धारणा राखे । यदि त्यो समयमा पनि समस्या हल नगरे थप आक्रामक भएर अगाडी आउने उनले बताएका छन् ।
सो संघर्ष समितिका उपाध्यक्ष रमेश सुनारले सरकारसँग वार्ता गरेकै समयमा २ जना पीडितले लघुवित्तको ज्यादतिको कारण पासो लगाएको बताउँदै भने,“राष्ट्र बैंकको गभर्नरले वर्ता टोली समेत बनाएन, यस्लेगर्दा मान्छेको ज्यान गइरहेको छ ।”
अर्का उपाध्यक्ष मणिप्रसाद चौलागईले राष्ट्र बैंक र त्यसका प्रमुख अधिकारीलाई सडकमा ल्याएर जनताले कारबाही गर्नु पर्ने धारणा रखे ।

अर्की उपाध्यक्ष धनकुमारी विकले नेपाल राष्ट्र बैंक नभएर गरिब र पीडित मारा बैंक भएको संज्ञा दिदै भनिन् । मंसिरसम्म समस्या समाधान नभए कडा आन्दोलन गरेर सडकबाटै न्यायको फैसला गर्ने चेतावनी दिइन् । सचिब रमेश तामाङले झण्डै २ वर्षसम्म आन्दोलन गर्दा पनि कानमा तेल हाल्ने सरकार र सरोकारवाला निकायले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।


१८ महिनादेखि निरन्तर आन्दोलनरत सो संघर्षसमितिले पीडितहरुबाटै जम्मा गरेको रकमको हिसाब सार्बजनिक गरेका थिए । जसअनुसार १८ लाख ३७ हजार २ सय आम्दानी र २२ लाख २ हजार ६ सय एकसट्ठी रुपैयाँ खर्च सार्वजनिक गरेको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal