आज :

असोज ४ देखि १३ गतेसम्म साफ यू १९ फुटबल नेपालमा आयोजना हुने

  • अनलाइन डबली

काठमाडौं । अखिल नेपाल फुटवल संघ एन्फाले आगामी असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा साफ अन्डर १९ (यू १९) फुटवल २०२३ आयोजन गर्ने भएको छ ।

दक्षिण एसियाली फुटवल महासंघ (साफ)को तालिका अनुसार प्रतियोगिता आगामी असोज ४ देखि १३ गतेसम्म गर्न लागेको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए ।

सोमबार एन्फा हल सातदोबाटोमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता साहले उक्त प्रतियोगितामा नेपाललगायत दक्षिण एसियाली राष्ट्रका अन्य ५ टोलीको प्रतिस्पर्धा गर्ने बताए ।

उनले भने, ‘नेपाललगायत माल्दिभ्स,पाकिस्तान, भारत,भूटान,बंगलादेशले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको तयारीको लागि नेपाली यू १९ टोलीले मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा २०८० भदौ ४ (आजबाट ) प्रशिक्षण सुरु गरिसकेको छ ।’

यू १९ फुटवल प्रतियोगिता २०२३ को लागि नेपाली टोलीका ३५ जना खेलाडीहरु आजबाट एन्फाको बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन् ।

एन्फाले खेलमा सहभागी खेलाडीको लागि प्रशिक्षण गर्न नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासल खेल मैदानमा व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal