आज :

एसिया कपका लागि भारतीय टोलीको घोषणा, भदौ १८ गते नेपालसँग खेल्ने

  • अनलाइन डबली

काठमाडौं । भारतले श्रीलंका र पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने आफ्नो टोलीको घोषणा गरेको छ ।

भदौ १३ देखि ३१ गतेसम्म हुने एसिया कपका लागि भारत प्रमुख दावेदार हो । खेल पाकिस्तान र श्रीलंकामा हुने भएपनि भारतले आफ्ना सबै खेल श्रीलंकामा खेल्नेछ ।

भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् ।

एसिया कपमा नेपाल, भारत र पाकिस्तानसहित समूह एमा छ । यस्तै समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान समेटिएका छन् । भारतले आफ्नो पहिलो खेल पाकिस्तानसँग भदौ १६ गते र नेपालसँग भदौं १८ गते खेल्नेछ ।

भारतीय टोलीको कप्तानमा रोहित शर्मा र उपकप्तानमा हार्दिक पाण्डे रहेका छन भने अन्य खेलाडीहरुमा शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण छन् । यस्तै सन्जु स्यामसन वैकल्पिक खेलाडीकोरुपमा समेटिएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal