आज :

स्पेन विश्व विजेता

  • अनलाइन डबली

काठमाडौं । स्पेन पहिलोपल्ट महिला विश्वकप विजेता बनेको छ । आइतबार भएको फाइनलमा आफ्नो प्रभुत्व जमाउँदै स्पेनले इंग्ल्यान्डमाथि १–० को जित निकाल्दै विश्व विजेता बनेको हो । कप्तान ओल्गा कारमोनाले खेलको एकमात्र निर्णायक गोल २९ औं मिनेटमा गरेकी थिइन् । दोस्रो हाफको ७० औं मिनेटमा पेनाल्टीबाट गोल दोब्बर बनाउने मौकाबाट भने स्पेन चुकेको थियो ।

विश्व वरियतामा सातौं स्थानमा रहेको स्पेन यसअघि क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन । स्पेन सुरुको ६ विश्वकपमा छनोट नै भएको थिएन । ७६ हजार दर्शकले भरिएको स्टेडियम अस्ट्रेलियामा स्पेनले सुदृढ खेल प्रदर्शनमात्र गरेन, गोलका लागि बढी मौका पनि सिर्जना गरेको थिबयो । विश्वकपको ऐतिहासिक सफलता स्पेनका लागि जति महत्तवपूर्ण थियो, त्यति नै टिम प्रशिक्षक जोर्गे भिल्डा र स्वयं स्पेनी फुटबल संघका लागि पनि ।

२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पु¥याइएको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal