आज :

मुख गन्हाउँछ ? पुदिना प्रयोग गर्नुहोस्

  • अनलाइन डबली

काठमाडौं । तपाईंको स्वास गन्हाउँछ ? गिजाबाट रगत आउँछ ? यही समस्याका कारण साथीहरुसंग खुलेर बोल्न पनि सक्नु भएको छैन् ? त्यसो हो भने पुदिनाको नियमित प्रयोगले तपाईंलाई सहयोग पुग्नसक्छ ।
के छन् पुदिनाका फाइदा ?

डाक्टर सरिता बजगाईं भन्नु हुन्छ :
१. मुख गन्हाउने समस्या भएकाहरूले पुदिनाको सुख्खा पात पिसेर मञ्जन गरे जसरी दाँतमा घोटेमा यसले मुखबाट आउने दुर्गन्ध कम हुन्छ । यसो गर्नाले गिजा बलियो बनाउँछ र रगत आउने समस्यालाई पनि कम गर्छ ।
२. यदि शरीरमा दाद वा छालामा फुस्रोपना आएमा वा दाद आएमा पुदिनाको पातलाई दिनमा चार पटक लगाएमा समस्या समाधान हुन्छ ।
३. पुदिनाको पातसँगै ३ थोपा जति कागतीको रस मिलाएर मुहारमा लगाएर पाँच मिनेटपछि यसलाई सफा गर्नाले छालामा हुने एलर्जीको समस्या समाधानमा सहयोग पुग्ने छ ।
४.पुदिनाको रसको प्रयोग रुघाखोकीबाट आराम मिल्छ ।
५. ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुने र अपच भएर पेट दुखेको छ भने पनि पुदिना, अदुवा र बिरे नूनको धूलो मिलाएर खादाँ फाइदा पुग्छ ।
६. पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसको प्रयोगबाट थकाईमा आराम मिल्छ र मानिस फ्रेस हुन्छ ।
७. पेट दुखेको बेलामा अदुवाको रससँग पुदिनाको पात पिसेर खाएमा दुखाइ कम हुन्छ ।
८. पुदिनाको नियमित प्रयोगले पाचन प्रणालीलाई सहज बनाउन सहयोग पुग्नेछ ।
९.पुदिनाको प्रयोगले मिन्सुरेन्सको समयमा पेट दुख्नेसहितको समस्या समाधानमा सहयोगी बन्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal