
काठमाडौँ । पछिल्लो राजनीति अवस्थाबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त दलहरूका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएका छन् ।
प्रमुख प्रतिक्ष दल एमालेको लगातारको संसद्मा जारी गतिरोध अन्त्य, विकसित राजनीति घटनाक्रम, सुशासनमा सरकारले गरिरहेको काम लगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बालुवाटार स्रोतले बताएको छ । स्रोतका अनुसार बैठक साढे १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले लामो समय संसद् अवरोध गर्दा महत्त्वपूर्ण बिलहरू संसद्मा अलपत्र परेका छन् । जनताका मुद्दा ओझेलमा परेको छ । प्रधानमन्त्रीले एमाले, कांग्रेस, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा र जपाका नेताहरूलाई बैठकमा बोलाएका हुन् ।