आज :

एमालेले प्रतिपक्षमा बस्नु पर्दाको पीडा सदन अवरुद्ध गरेर पोख्योः अर्थमन्त्री महत

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले, प्रतिपक्षमा बस्नु पर्दाको पीडा खप्न नसकेर बारम्बार संसद अवरुद्ध गरेको आरोप लगाएका छन् । जनकपुर पुगेका अर्थमन्त्री महतले प्रतिपक्षले बहुमत सांसदले बनाएको सरकारलाई स्वीकार गरेर अघि नसकेको बताए ।

“सहज रुपमा सरकारलाई स्वीकार गर्ने गर्नु पर्यो । प्रतिपक्षमा बस्ने वित्तिकै त्यसलाई सहनै नसक्ने त गर्न भएन नी” महतले भने ।

एमालेले विना कारण संसद अवरुद्ध गरेको भन्दै अर्थमन्त्री महतले सदन बन्द हुदाँ कयांै काम रोकिएको बताए । “संसद भनेको जनताले निर्वाचित जनप्रतिनिधिले समसामयीक विषयमा घनिभूत छलफल गर्ने थलो हो । ऐन कानून बनाउने थलो हो । कतिपय ऐन हामीले संघीय संरचना अनुसार परिर्माजन गर्नु पर्ने छ । संघीय व्यवस्थालाई हामीले घनिभूत गर्नु छ । स्थानीय निकायलाई बलियो बनाउनु छ । प्रदेश संरचनालाई बलियो बनाउनु छ । संसद नचलेर संघीय कानून नबनेर स्थानीय प्रदेश कानून बनाउन अड्चन आइहरेको छ” महतले भने ।

आफूहरु प्रतिपक्षमा रहँदा अनावश्यक रुपमा सदन अवरुद्ध नगरेको अर्थमन्त्री महतले भने, “हरेक पटक केही न केही बहानामा त्यो संसदलाई बन्धक बनाइराख्ने । यो भयो भने त यी कुराहरु अगाडि बढ्दैनन् नी । नेपाली कांग्रस जवसम्म प्रतिपक्षमा थ्यो कहिले पनि हामीले संसदलाई अनावश्यक रुपमा बन्द गर्ने बहाना खोजेर बन्द गर्ने त हामीले गरेनौं नी ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal