आज :

सरकार युवा उद्यशीलतालाई प्रोत्साहन गर्न प्रतिवद्ध छ : अर्थ मन्त्री महत

  • अनलाइन डबली

काठमाडौं । अर्थ मन्त्री प्रकाश शरण महतले सरकारले हर तरहबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने बताएका छन् । बुधबार राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानले आयोजना गरेको उद्यमशील युवा सृजनशील युवा विषयक कार्यक्रमलाई सम्बोधन गर्दे अर्थमन्त्री महतले यूवाहरुलाई देशमै रोक्नका लागि सरकारले यूवा उद्यशीलतालाई प्रोत्साहन गर्ने बताएका हुन् ।

उनले भने,‘सरकार हर किसिमबाट यूवा उद्यशीलतालाई प्रोत्साहन गर्न चाहन्छ । जसले गर्दा यहाँ केहि हुन थाल्यो भन्ने भएपछि विदेश गएका यूवाहरुपनि देशमा अवसर देखेर आफै आउँछन् ।’

देशमा नै उत्पादित बस्तुमा कम कर र उद्यमशील गर्न चाहने युवाहरुलाई अनुदान र सस्तो ऋण दिने योजना सरकारको रहेको उनको भनाइ छ । उनले भने,सरकारले जसले देशमै लगानी गर्छ र स्वदेशमा उत्पादन गर्छ त्यसलाई हामीले कर कम लगाउँछौं । साथै अनुदान र सस्तो ऋण गछौं उद्यमशील गर्न चाहने युवाहरुलाईं हामीले सर्पोट गर्ने हाम्रो योजना छ ।’

मन्त्री महतले उद्यमशीलताको नेतृत्व यूवाहरुले गर्नुपर्छ भनेता पनि उद्यमशीलताप्रति उत्पे्ररणा गर्ने कुरा जटिल रहेको टिप्पणी गरे ।
उनले अहिले कृषि भनेको परम्परागत हो यहाँ धेरै अवसर छैन् भन्ने मात्र सोच भएता पनि विदेश गएर सिप र क्षमता लिएर आउँनेहरुको लागि कृषि क्षेत्र अत्यन्तै ठूलो अवसर हुने गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal