काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको परीक्षाको नतिजा आज साँझसम्म आज सार्वजनिक गर्ने बोर्डले तयारी गरेको हो ।
बोर्ड स्रोतका अनुसार प्राविधिकि कुनै समस्या नआए नतिजा आजै सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार साउन महिनाभित्रै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको र नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा बोर्ड पुगेको छ ।
देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए।
बोर्डले विद्यार्थीको प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने काम गरिसकेको छ।
कसरी हेर्ने ?
नतिजा विभिन्न साइटको साथै नेपाल टेलिकमको सिमबाट १६०१ मा फोन गरी सिम्बल नम्बर थिचेर वा एसएमएस मा गएर स्पेश हानेर सिम्बल नम्बर गरी १६०० मा पठाउन सकिनेछ । त्यस्तै, *१६००# डायल गरी निर्देशन अनुसार सिम्बल नम्बर थिचेर पनि नतिजाबारे जानकारी लिन सकिनेछ ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली


