आज :

कमर्श क्याम्पसमा अध्ययनरत विद्यार्थीले परीक्षा दिन नपाएकोप्रति अखिल क्रान्तिकारीको आपत्ति

  • अनलाइन डबली

काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल कमर्श क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत ६३ जना विद्यार्थीहरुले परीक्षा दिन नपाएको भन्दै आपत्ति जनाएको छ ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल क्रान्तिकारीको त्रिवि समितिका संयोजक गोविन्द विष्टले मंगलबार विज्ञप्ति जारी गरेर छुटाइएका विद्यार्थीलाई परीक्षामा सहभागी हुने वातावरण बनाउन क्याम्पस व्यवस्थापनसँग माग समेत गरेको छ ।

अखिल क्रान्तिकारीले नेताहरूले परीक्षा शुल्क उठाएर फारम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्र कार्यालय नपठाएर विद्यार्थीहरुको भविश्यमाथि खेलवाड गरेको जनाएको छ । उसले क्याम्पस प्रशासनको मिलेमतोमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तर पैसा असुल गर्ने घृणित हर्कत रोक्न चेतावनी दिएको छ ।

“नेपाल कमर्श क्याम्पस मिनभवनमा अध्ययनरत ६३ जना विद्यार्थीहरुले २०८० श्रावण २९ गतेबाट सुरु भएको व्यवस्थापन संकाय दोस्रो बर्षको परीक्षा दिन नपाएको घटनाले हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । कथित विद्यार्थी नेताहरूले विद्यार्थीहरुबाट पैसा समेत उठाएर परीक्षा फारम त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा नपठाउनु विधार्थीहरुको भविष्यमाथिको गम्भीर खेलवाड हो । क्याम्पस प्रशासनको मिलेमतोमा विद्यार्थिहरूलाई छात्रवृत्ति उपलब्ध गराउने तर विद्यार्थिहरुबाट पैसा असुल गर्ने यस प्रकारको घृणित हर्कत रोक्न राम्रो संगठन सम्बन्धित पक्षलाई कडा चेतावनी दिन चाहन्छ” जारी विज्ञप्तिमा भनिएको छ ।

यस घटनामा संलग्नलाई कडा कारवाही गर्न माग समेत क्रान्तिकारीले विद्यार्थीहरुको भविश्य बर्बाद हुने परिस्थिति सिर्जना भए कडा कदम चाल्न बाध्य हुने जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal