आज :

संस्कार र संस्कृतिले सम्पन्न नेपाल ज्ञानभूमि हो : ओली

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल विभिन्न चाडपर्व, संस्कृति र सम्पदाले सम्पन्न मुलुक भएको बताएका छन् । विश्वका कतिपय देशहरू ठूला र विकसित भए पनि नेपालमा जस्तो संमृद्ध संस्कृति र परम्परा अन्त नभएको दाबी उनले गरेका हुन् ।

साउनको अन्तिम सोमबार पारेर भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न हिजो साँझ त्यहाँ पुगेका एमाले अध्यक्ष ओलीले नेपालमा गौरवपूर्ण सनातन परम्परा, संस्कृति रहेको स्मरण गरे । त्यसको संरक्षण गर्दै नेपाल र विश्वसलाई नै अघि बढाउन देशका महान विभूतिहरूले महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।

एमाले अध्यक्ष ओलीले भने,‘कतिपय विकसित देशहरूमा सनातन परम्परा भन्ने कुरा नै छैन । कति देश ठूला छन् तर भर्खर बनेका छन् । जसमा कुनै संस्कृति विकास हुनै पाएको छैन । तर हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ ।’

प्राकृति पक्ष बाहेक प्रारम्भ देखि नै नेपालमा शिव, पशुपतिनाथ, रुद्र, शंकर, महादेव, केदारनाथ आदि मान्दै आएको पनि बताए । साउनको सोमबारलाई सैव समुदाय र नाथ सम्प्रदायले विशेष दिनका रुपमा मनाउने गरेको पनि ओलीले चर्चा गरे ।

डोलेश्वरलाई केदारनाथको शिर मानिने गरेको बताउँदै ओलीले शंकराचार्यले त्यसलाई प्रमाणित गरेको दाबी गरे । नेपाल देवभूमि, अत्यन्तै पावनभूमि, यो तपोभूमि, ध्यानभूमि, ज्ञानभूमि भएको जनाउँदै ओलीले थपे,‘उहाँबाट यो धर्तीमा सभ्यताको सुरुवात शम्भुनाथबाट भएको छ ।

शम्भुनाथकै एउटा रुप केदारनाथ, यस ठाउँलाई, उहाँको शिवलिंगलाई प्राकृतिकरुपमै केदारनाथको शिर भनेर मानिएको छ । र, शंकर आचार्यले यसलाई केदारनाथको शिर भनेर उहाँले प्रमाणित गर्नु भएको छ ।’

हाम्रा परम्परागत, सांस्कृति तथा संस्कारजन्य कार्यहरुमा सरिक हुन पाएकोमा प्रसन्नता व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले देशको संस्कृति र परम्परा संरक्षणमा लाग्न पनि अनुरोध गरे । केदारनाथको शिर मानिने डोलेश्वरमा आरती दर्शन तथा टिका ग्रहण गरेका ओलीले त्यसक्षेत्रको विकास र संमृद्धिमा विगत देखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal