आज :

नवनियुक्त मन्त्री साहले आजबाट जिम्मेवारी समाल्ने 

  • अनलाइन डबली

काठमाडौँ । नवनियुक्त अनितादेवी साहले आजबाट जिम्मेवारी समाल्ने भएकी छन् ।  प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीबाट मन्त्री साहलाई नियुक्त गरेका थिए ।

आइतबार बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गर्दै साहलाई मन्त्री जनमत पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयले विहान १० बजे शपथको तयारी गरेको छ ।

मन्त्री साहलाई सामान्य प्रशासन मन्त्रालयकै जिम्मेवारी दिने बताइएको छ । तर, अझै टुंगो लागेको छैन । जनमतका अध्यक्ष सीके राउतसँगको छलफलपछि मन्त्रालयको टुंगो लाग्ने बताइएको छ ।

खानेपानी मन्त्रालयले दिएको भन्दै यसअघि जनमत सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी भएका अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए ।

त्यसपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन र सरकारमा सहभागी पनि भएको थिएन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal