आज :

एसिया ट्रायथलन एसोसियसनको वरिष्ठ सल्लाहकारमा श्रेष्ठ

  • अनलाइन डबली

साउन २८, काठमाडौँ ।  नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ आइतबार एसिया ट्रायथलन एसोसियसन (एएसटी) को वरिष्ठ सल्लाहकारमा नियुक्त हुनुभएको छ । साउदी अरबको रियादमा बसेको निर्वाचित प्रतिनिधिको पहिलो बैठकले श्रेष्ठलाई सो सम्मान दिएको हो । श्रेष्ठले अब एसिया ट्रायथलनको केन्द्रिय कमिटीको बैठकमा सहभागिता जनाउनुहुनेछ । एएसटीको जापानमा जुन २३ मा भएको साधारण सभाले साउदी राजकुमार फाहद बिन जलावी बिन अब्दुल्ल अजिजलाई अध्यक्षमा चयन गरेको थियो । श्रेष्ठ अन्तर्राष्ट्रिय ट्रायथलन संघको एनओसी रिलेसन कमिसनका सदस्य पनि हुनुहुन्छ । एसिया ट्रायथलनको महत्त्वपूर्ण पदमा नियुक्त भएयता प्रतिक्रिया दिंदै श्रेष्ठले नेपालमा ट्रायथलनको विकासमा अझ बढी सक्रिय भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको महासचिव पनि हुनुहुन्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal