आज :

सरकारको प्राथमिकता सुशासन र भ्रष्टाचार नियन्त्रणः उपप्रधानमन्त्री खड्का

  • अनलाइन डबली

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको बताएका छन् । उनले यसको परिणाम छिट्टै देखिने पनि बताए ।

नेपाल टेलरिङ व्यवसायी महासङ्घको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै खड्काले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने र नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउँने काम गर्दै आएको भन्दै सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने ठाँउ नभएको बताए ।

उपप्रधानमन्त्री खड्काले नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्वपूर्ण भूमिका रहेको भन्दै टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधै तयार रहेको पनि बताए ।

विभिन्न कारणले अर्थतन्त्रमा समस्या देखिएकाले व्यवसायीले समस्या भोग्नु परेपनि चालु आर्थिक वर्षको वार्षिक बजेट तथा मौद्रिक नीतिले कतिपय समस्याको पहिचान गरेका कारण अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने विश्वास पनि मन्त्री खड्काले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal