Skip
आज :

प्रतिनिधिसभाको बैठकमा एमालेको नाराबाजी, अर्को बैठक साउन २९ गते

  • अनलाइन डबली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि बैठक स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए ।

तर साहले बोल्न नपाउँदै सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएका थिए । सत्तापक्षका सांसदहरुले सदन प्रतिपक्षीको कुरा सुनेर मात्र अघि नबढ्ने भन्दै विरोध गरे ।

तर, सत्तापक्षको सांसदको विरोधबीच नै सांसद साहले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राखिन ।उनको मागसँगै एमालेले सदनमा नारावाजी सुरु गरेर बैठक अवरोध गरेको थियो ।

एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । छानबिन समिति गठन नगरेसम्म सदन नचल्ने एमालेको अडान छ ।
एमाले सांसदहरूको निरन्तर नाराबाजीपछि सभामुखले साउन २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal