आज :

नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गर्न छिट्टै नियमावली ल्याउँछौं : गृहमन्त्री श्रेष्ठ

  • अनलाइन डबली

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता ऐनको प्रभावकारी कार्यान्वयन गराउन छिट्टै नियमावली ल्याउने बताएका छन् ।

बुधबार ललितपुरमा आयोजित नेपाल नागरिकता ऐनको कार्यान्वयनको अवस्था सम्बन्धि एक अन्र्तक्रिया कार्यक्रममा गृहमन्त्री श्रेष्ठले ऐनको प्रभावकारी कार्यान्वयन गराउन समन्वयन गर्ने बताए । तर, नियमावलीमा नेपाली महिलाले विदेशी नागरिकसँग विवाह गरे तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्ने मागलाई भने संविधान र कानूनले नै नचिन्ने स्पस्ट पारे ।

मन्त्री श्रेष्ठले भने, “नेपाली नागरिक महिलाले विदेशी बावुसँग विवाह गरेको अवस्थामा तिनका सन्तानले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने कुरा अहिले संविधान र कानूनसँग मेल खादैन ।त्यसकारण नियमावलीमा त्यसलाई व्यवस्था गर्न सकिँदैन् । अरु सबै समितिले भनेको व्यवस्था हुन्छ । खाली ऐनलाई सरलीकृतमात्रै गरिएको छ अहिले । पहिला अंगिकृत नागरिकता लिन निस्सा चाहिन्थ्यो अहिले अहिले स्वघोषणा भए पुग्छ ।”

गृहमन्त्री श्रेष्ठले ऐनमा नेपाली महिला र विदेशी नागरिकबाट भएका सन्तानले नेपालमै बस्छु भनेमा उसलाई आमाको नामबाट अंगीकृत नागरिकता सरल रुपमा प्रदान गर्ने र त्यस्मा लामो समयबाट धेरै छलफल र बहस हुँदै आएकाले समस्या नहुने धारणा राखे ।

त्यस्तै उनले नेपाल नागरिकता ऐन जारी भएपछि ठूलो संख्यामा जन्ससिद्धको सन्तानले नागरिकता लिनको लागि आवेदन दिएकाले लामो लाइन कुर्नुपर्ने परिस्थिति आएकाप्रति ध्यानाकर्षण भएको बताए ।

सकेसम्म सहज र छोटो समयमा उनीहरुलाई नागरिकता प्रदान गर्न सरकारले पहल गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal