आज :

सदन प्रतिपक्षको मात्रै भनेर कतै लेखिएको छैन् : सांसद पौडेल

  • अनलाइन डबली

काठमाडौं । माओवादी केन्द्रको सांसद देवेन्द्र पौडेलले, सदन प्रतिपक्षको मात्रै नभएको तर्क गरेका छन् । आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको समस्याहरु उठ्नु पर्ने प्रमुख स्थानको रुपमा सदन रहेको भन्दै उनले संसदको कुनै पनि नियामावलीमा सदन प्रतिपक्षको मात्रै हो भनेर नलेखिएको बताए ।

सदन निर्वाचित जनप्रतिनिधिहरुको साझा भएको उनको तर्क छ । उनले भने, ‘संसदलाई सुरु गर्न र जनताको समस्याहरु उठ्नु पर्ने प्रमुख स्थानको रुपमा सदनलाई लिइन्छ । यो सदन हामी सबैको हो कुनै पनि नियमावलीमा यो सदन प्रतिपक्षको हो भनेर लेखिएको छैन् । निर्वाचित जनप्रतिनिधिहरुको साझा सदनको रुपमा सदनलाई बुझेका छौ । त्यही अनुरुप अगाडि बढ्नु पर्छ ।’

उनले संसद जनताको समस्या राख्ने थलो भएको हुदाँ प्रतिपक्षका दलहरुलाई सदन नरोकिकन आफ्नो भनाईहरु राख्न अनुरोध पनि गरेका छन् ।
यस्तै, उनले राम्रो कामलाई राम्रो भन्न सक्नु पर्ने भन्दै छानविन भईरहेको छ, धैर्यताका साथ बस्नको लागि पनि आग्रह गरेका छन् ।
उनले भने, ‘यो भन्दा पहिला पनि सरकार थियो, गृहमन्त्री थियो पहिला पनि सुनको विषय आएको रहेछ । व्यापार भएको रहेछ तर यही सरकारले खोज्नु पर्छ भनेर आएको कुरालाई म प्रश्न गर्न चहान्छु यो विषयमा सहयोग गर्नको लागि के ले रोकेको छ । राम्रो कामलाई त राम्रो भन्न सक्नु पर्छ नि, छानविन भईरहेको छ, यसमा धैर्यताका साथ बस्नको लागि पनि आग्रह गर्न चहान्छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal