आज :

विश्वप्रकाशको प्रश्नः ३३ किलो सुन प्रकरणको फाइल बन्द गर्ने एमालेले १ सय किलोको छानबिन आयोग माग्ने ?

  • अनलाइन डबली

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले आफ्नो पालामा ३३ किलो सुन प्रकरणमा सुन समेत नभेटी फाइल बन्द गर्ने नेकपा एमालेले १ सय किलो सुन प्रकरणमा छानबिन आयोगको माग किन राखेको हो भन्दै प्रश्न गरेका छन् । शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफैले बनाएका संयन्त्रहरूप्रति अविश्वास गरेर अपराधको छानबिनमा असहयोग गरिरहेको आरोपसमेत लगाए ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन प्रवेश गर्ने कुरा गम्भीर छ । एयरपोर्टबाट छिर्दै गर्दा कसको गल्ती हो रु कसको कमजोरी हो रु बेझिझक भन्नुपर्छ सरकारको कमजोरी हो । तर एयरपोर्टबाट आएर सिनामंगलको चोकमा पक्रँदै गर्दा कसले पक्रियो रु सरकारको एउटा हातले एयरपोर्टमा कमजोरी गर्दा सरकारको अर्को हातले फेरि पक्रियो ।’

‘छानबिन आयोगबारे प्रतिपक्षले उठाएको विषय संवादमा नै छौँ हामी, एउटा निष्कर्षमा पुगौँला । यहाँ १ सय किलो सुन त भेटियो । म सम्झन चाहन्छु, ३३ किलो सुनको प्रकरण । त्यहाँ छानबिन आयोग त छाड्नुहोस् । सुनको एउटा तोलासमेत नभेटीकन ३३ किलो सुनको फाइल बन्द भयो,’ उनले थपे ।

शर्माले प्रजातन्त्रपछि आफैँ बनाएको संस्थाप्रति आफैँले अविश्वास गरिरहेकोमा आश्चर्य प्रकट गरे । उनले भने, ‘हामीलाई को प्रति अविश्वास हो रु हामीले बनाएका संस्थाप्रति हामी आफै अविश्वास गरेर हामी आफैलाई प्रश्न ग गरिरहेका छौँ । संविधानले भन्छ जघन्य र संगठित अपराधहरूको गहिराइमा गएर अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको हो । हामीले बनाएको संस्थाप्रति हामी किन विश्वास गर्न सकिरहेका छैनौँ, छानबिन यसमा गरौँ ।’

नेपाल प्रहरीले अनुसन्धानको विषयमा दक्षिण एसियामा नै चर्चा कमाएको पनि शर्माले स्मरण गराए । छानबिनको विषयमा प्रवेश गर्ने बित्तिकै राजनीतिक सहमति गरेर आयोग बनाउने अनि संविधानले बनाएको संयन्त्र टुलुटुलु हेरेर बस्ने काम सही नहुने उनले जिकिर गरे ।

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललिता निवासको फाइल खोलेको बताउँदै यसमा सहयोग गर्ने कुरा भन्दा पनि आशङ्का बढी भएको उनको भनाई थियो । उनले आवेगभन्दा माथि उठ्न सबैलाई आग्रह गरे । उनले आयोग नै बनाउने हो भने हालसम्म हल हुन नसकेका मदन भण्डारी, निर्मला पन्तको विषयमा बनाउनुपर्ने सुझाव दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal