काठमाडौँ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि झुटा आरोपहरु लगाइएको भन्दै कानुनी लडाइँ जितेर आएको बताए । उनले आफू बुद्धको उपदेशबाट दायाँबायाँ नहुने समेत बताए ।
लामाले भने, ‘हुँदै नभएको र गर्दैै नगरेको अपराधको समेत अभियुक्त बनाउनेहरुसँग कानुनी लडाईँमै जितेर आएको मान्छे हुँ । बुद्धको उपदेशबाट एक इन्च पनि दायाँबायाँ गरेको छैन । र, मेरो जीवन दर्जन र मैले आर्जन गरेको शिक्षाले त्यो गर्न दिँदैन ।’
सरकारले कोषको उपाध्यक्षमा नियुक्त गरेपछि चौतर्फी विरोध हुन थालेपछि लामाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूमाथि नियोजित रुपमा विभिन्न अभियोग लगाउने काम केही मान्छेहरुले गरिरहेको भन्दै प्रतिवाद गरेका हुन् ।
नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि लगाइएको आरोपको खण्डन हुने गरी लुम्बिनी विकास कोषमा काम गर्ने प्रतिबद्धता व्यक्त समेत गरे । गरेका हुन् । सबै अभियोगहरुको अदालतबाटै आफूले सफाइ पाएपनि फेरि विरोध हुनु दुःखद् कुरा भएको बताए । उनले आफूमाथि लागेका सबै आरोप निराधार भएको पुष्टि भइसकेको समेत बताए ।
नवनियुक्त उपाध्यक्ष लामाले आफूमाथि निराधार र नियोजित प्रचारबाजी नगर्न सञ्चार माध्यामलाई पनि आग्रह गरे । त्यसक्रममा उनले आफूलाई सो कोषको उपाउध्यक्षको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री प्रचण्डप्रति आभार व्यक्त गरेका थिए ।


अनलाइन डबली


