आज :

अरबौं ऋण प्राप्त गर्न सरकारद्वारा वार्ता टोली गठन (भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौं । सरकारले, २ अर्ब ६२ करोड बराबरको अनुदान सहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अर्थमन्त्रालयको प्रस्तावमा २० मिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको जानकारी दिइन् ।

उनले भनिन् ‘अर्थमन्त्रालयको प्रस्तावमा खाद्य तथा पोषण सुधार कार्यक्रम दोस्रोको लागि विश्व बैकबाट २० मिलियन अमेरिकी डलर करिब २ अर्ब ६२ करोड बराबरको अनुदान साहायता प्राप्त गर्ने दस्तावेजलाई अन्तिम रुप दिन नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने भन्ने निर्णय भएको छ ।’

त्यस्तै बैठकले विश्व वातावरण सुविधाबापत प्राप्त हुने २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्विकार गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal