
काठमाडौं । सरकारले संघीय शिक्षा विधेयक संसदमा पठाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले, मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको जानकारी दिइन ।
बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गर्नुको साथै विश्व वातावरण सुविधावापत २० करोड अनुदान स्वीकृत गरेको छ ।
आजको मन्त्रिपरिषद् बैठकले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेन । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले कोषको उपाध्यक्ष नियुक्तीको लागि प्रस्ताव लैजाने चर्चा थियो ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरुः
–दिगो भूव्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधकारहरुको पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधा (जीईएफ) बाट प्राप्त हुने १५,५५,५०५ अमेरिकी डलर (करिब २० करोड २२ लाख रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने ।
–मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको विज्ञापन ९नियमन गर्ने० ९पहिलो संशोधन० नियमावली, २०८० स्वीकृत गर्ने ।
–मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएजको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
– गाई भैसीमा देखा परेको लम्पी स्किन रोग पीडित किसानलाई क्षतिपूर्ती दिने ।