आज :

रामप्रसादराई गाउँपालिकाले बाली विज्ञान पढ्न १६ विद्यार्थीलाई छात्रवृत्ति दिने (सूचनासहित)

  • अनलाइन डबली

भोजपुर । रामप्रसादराई गाउँपालिकाले विद्यार्थीलाई प्राविधिक विषय पढ्न छात्रवृत्ति दिने भएको छ । पालिकाको वडा नम्बर ५ मानेभञ्ज्याङमा रहेको श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयमा ३ बर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) मा अध्ययनको लागि छात्रवृत्ति दिने भएको हो ।

प्रत्येक वडाबाट दुईदुई जना गरी १६ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यापालिका र शिक्षा समितिले निर्णय गरेको छ । पालिकाले छात्रवृत्तिको लागि आवेदन दिन सूचना प्रकाशित गरेको छ ।

छात्रवृत्ति पाउन एसईईमा कम्तिमा १.६ जिपिए ल्याएको हुनुपर्नेछ । गाउँपालिका भित्रका विद्यार्थीहरुले छात्रवृत्ति पाउने भन्दै सदुपयोग गर्न अपील गरिएको छ । प्राविधिक जनशक्ति तयार गर्ने उद्देश्यले छात्रवृत्ति दिन लागिएको पालिकाले जनाएको छ ।

छात्रवृत्तिको लागि परेका आवेदनबाट जेहेन्दार र गरिबलाई प्राथमिकरण गरी गरिनेछ ।

सूचनाः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal