आज :

पुटिनको चेतावनी- पोल्याण्डले बेलारुस र युक्रेनको पश्चिमी भूभागमा अतिक्रमण योजना बनाए हमला 

  • अनलाइन डबली

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पोल्याण्डले बेलारुसी र युक्रेनको पश्चिमी भुभागमा हमला गरे जवाफी कारवाही गर्ने चेतावनी दिएका छन् । रुसी सुरक्षा परिषद्को बैठकमा पुटिनले पोलिस नेताहरुले युक्रेन युद्धमा हस्तक्षेप गरी यसको पश्चिमी हिस्सालाई कब्जा गर्न खोजेको दावी समेत गरेका छन् ।

पोल्याण्डले बेलारुसमा समेत हमला गरेर केही भूभाग कब्जा गर्ने सोच बनाएको भन्दै पुटिनले त्यो रुसमाथिको हमला हुने र त्यसको जवाफी कारवाही गर्ने बताए ।

बैठकमा पुटिनले किभ शासकले आफ्नै जनताबिरुद्ध बमबारी गर्दै आफ्नो भूमि विदेशी मालिकहरुलाई बुझाउने तयारी गरिरहेको दाबी समेत गरे ।

पोल्याण्ड बेलारुस, रुस र युक्रेनसँग जोडिएको नेटो सदस्य मुलुक हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal