आज :

एक क्वीन्टल सुन प्रकरणः छानविन समितिले काम थाल्यो, कर्मचारीलाई निलम्बन गर्ने तयारी

  • अनलाइन डबली

काठमाडौँ । करिब एक क्वीन्टल सुन प्रकरणको छानविन गर्न गठित समितिले काम थालेको छ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले छानविन समिति गठन गरेको हो ।

भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । भन्सार विभागका कर्मचारीको संलग्नताबारे छानबिन गर्ने समितिलाई जिम्मेवारी दिइएको छ ।

विभागका अनुसार भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे अनुसन्धान अघि बढाएको बताइएको छ ।

यसैबीच सुन प्रकरणको जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको भएको विभागले जनाएको छ ।

यो प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal