आज :

फोहोर प्रशोधन केन्द्र सञ्चालनमा रोक लगाउन माओवादी केन्द्रको माग

दाङ । नेकपा माओवादी केन्द्र तुलसीपुर उपहानगरपालिका वडा नं। १८ घनावस्ती बीच संचालनको तयारीमा गरिएको फोहोर प्रशोधन केन्द्र सचालनको रोक लगाउन माग गरेको छ । माओवादी केन्द्रले मंगलवार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेको हो ।

उपमहानगरपालिकाले फोहोर प्रशोधन केन्द्र संचालनको नीजि व्यापारिक कम्पनी संस्था ईरेक नेपाललाई जिम्मा लिएको छ । इरेक नेपालले उपमहानगरपालिकाको वडा नं। १८ मनिकापुर स्थित बस्तीबीचको खरकट्टीमा प्रशोधन केन्द्र संचालनका लागि यही असार २५ गते सीमित व्यक्तिहरु छलफल गरी मानववस्तीबीचमा फोहोर प्रशोधन तयारी गरेकाले वस्तीबीचको फोहोर प्रशोधन केन्द्रले नागरिक स्वास्थ्यमा असर पार्ने भएकाले यस्तो नगर्न प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

नेकपा माओवादी केन्द्रका तुुलसीपुर उपमहानगरपालिका वडा नं। १८ अध्यक्ष लोकबहादुर बहकरी र सचिव डिल्ली बहादुर ददेलले विज्ञप्ती जारी गर्दै सीमित व्यक्तिहरुको स्वास्र्थमा नागरिक स्वास्थ्यको कुनै प्रवाह नगरी मानव वस्तीबीचको चौरमा फोहोर थुर्पान लागिएकाले यो काम तत्काल रोक्न विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal