आज :

प्रादेशिक भाषानिती कार्यान्वयनमा प्रदेश मन्त्री गम्भीर

  • अनलाइन डबली

राजेस बज्राचार्यललितपुर  ।  नेपालभाषा र तामांग भाषालाई बागमती प्रदेशमा कामकाजी भाषाका रुपमा नीतिगत रुपमा मान्यता प्रदान गरिसकेको सन्दर्भमा प्रदेश मन्त्री रामकृष्ण चित्रकारले नेपालभाषा मंकाः खलः यललाई सोे नीतिलाई प्रभावकारी कार्यान्वयनकालागि थप सक्रिय हुन सुझाएका छन ।

नेवाः कला, साहित्य र संस्कृति उत्थानमा पञ्चायतकामै लागिपरेको ललितपुरको नेपालभाषा मंकाः खलः यलले गत साता आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश मन्त्री चित्रकारले सो कुरामा जोड दिएका हुन ।

हालै भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामांग भाषालाई बागमती प्रदेशमा कामकाजी भाषाको व्यवहारिक कार्यान्वयनकालागि बिधेयक समेत मन्त्री परिषदबाट पारित भै संसदमा पेश हुने उहाँले जानकारी गराए । ‘भाषिक रुपमा अग्रस्थानमा इतिहास बोकेको नेपालभाषा मंकाः खलः यलमा राजनीति प्रतिस्पर्धा नभै साझा बनाउने अभियान जारी रहोस् । नेवाः सभ्यताको पहिचान बिकासमा प्रादेशिक भाषिक नीतिको व्यवहारिक कार्यान्वयनकालागि समयमै अग्रसर हुन अत्यावश्यक छ’ उनले भने ।

बिगतमा पनि मंकाः खलः यलको बिकासकालागि लागिपरेको बताउँदै उहाँले भने, ‘आफ्नो प्रतिबद्धता अनुरुप शतप्रतिशत सकिएन तर यसै आर्थिक वर्षमा यहाँको पाहाँ छेँ (पाहुना घर) निर्माणकालागि २८लाख बिनियोजन भैसकको छ । साझा नेवाः पहिचानको बिकासकालागि प्रभावशाली कार्यक्रमहरु अगाडी बढाउन यहाँले पेश गरेको भौतिक निर्माण योजनालाई आवश्यक डिपिआर र कार्यमूलक परियोजनाको रुपमा पेश गर्नुभएमा बहुबार्षिक योजनाका रुपमा अगाडी बढ्न प्रतिबद्ध रहने छु ।’

मंकाः खलः यलका अध्यक्ष हिराकाजी महर्जनको अध्यक्षतामा आयोजित कार्यक्रममा सल्लाहकार एवं पूर्व सांसद ज्ञानेन्द्र शाक्यले आफ्नो कार्यकालमा भएका प्रयास सम्झिए । ‘बिगतका प्रयासमा पाहाँ छेँ निर्माणार्थ बिनियोजित रकमको बिभिन्न कारण मंकाः खलः यले केही अंशमात्र प्रयोग गर्न सक्यो तर आगामी दिनमा पाहाँ छेँ निर्माणको पूर्णताका साथै पुराना योजनालाई निरन्तरता दिंदै थप भौतिक बिकासमा सहयोग मिलोस, सक्षम नेतृत्व र सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal