आज :

रामप्रसाद राई गाउँपालिकाको सार्वजनिक सुनुवाईः समिक्षा र समृद्धिको बाटोमा हिड्ने प्रतिवद्धता

  • अनलाइन डबली

भोजपुर । रामप्रसाद राई गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शुक्रबार सम्पन्न आर्थिक वर्ष २०७९/०८० को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा एक वर्षका प्रगतिको समिक्षा गर्दै आगामी पालिकालाई समृद्धिको बाटोमा हिडाउने प्रतिवद्धता समेत जाहेर गरिएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष थामबहादुर राईले पालिकालाई समृद्धिको बाटोमा हिडाउन नागरिकलाई सुशासनमैत्री सेवा प्रवाह गर्ने र शिक्षा, स्वास्थ्य क्षेत्रका विकृति विसंगतिविरुद्ध निर्मम बन्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा परिणाममुखी काम गर्ने बताउनुभयो ।

अध्यक्ष राईले पालिकालाई विकास र समृद्धिको लागि विगतका राम्रा अभ्यासलाई अनुसरण गर्दै गल्ती कमजोरीबाट पाठ सिक्दै जनतलाई प्रत्याभुत हुनेगरी काममा लाग्ने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष विरेन्द्र राईले कार्यालयको कामका दत्तचित्त भएर काम गर्न विशेष आग्रह गर्दै जनप्रतिनिधि र कर्मचारी नागरिकका सेवक भएको कुरा भुल्न नहुने बताउनुभयो । उहाँले नागरिकले तिरेको करबाट सेवा र सुविधा लिएकोले जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभयो

अनुगमन समितिका संयोज समेत रहनुभएका राईले सेवा प्रवाहमा नागरिकले असहज महशुस गरेका व्यवहार र कमजोरी नयाँ आर्थिक वर्षमा दोहोर्याउन नहुने समेत बताउनुभयो ।

त्यसैगरी पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले दोहोरो संवाद हुन नसकेर नागरिक र कर्मचारीबीच गलत धारणा बन्ने सक्ने भन्दै त्यसबाट दुबै पक्ष समेत हुनुपर्नेमा जोड दिनुभयो । दोहोरो संवादको अभावमा कर्मचारीप्रति गलत धारणा बन्ने र त्यो अफवाह फैलन सक्नेमा सतर्क रहन आग्रह गर्नुभयो ।

नागरिकलाई सेवा सेवा दिएर गलत धारणालाई चिर्न कर्मचारीसँग आग्रह समेत गर्नुभयो । पोखरेलले अनुगमन निरीक्षण गरेर भएपनि नागरिकबाट गुनासो आउन नदिने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।

कार्यक्रममा सहभागी नागरिकहरुले सरकार घरदैलोमा पुगेको आफूहरु‍ले महशुस गरेको बताउँदै राम्रा कामको लागि आफूहरु जनप्रतिनिधि र कर्मचारीसँग हातेमालाे गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रमको संचालन योजना शाखा प्रमुख ज्ञानराज भट्टराईले गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७९÷०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाले उत्कृष्ट किसान, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, स्वास्थ्यकर्मी र उपभोक्ता समितिलाई सम्मान गरेको थियो । त्यस्तै, उत्कृष्ट शिक्षण गर्ने शिक्षकलाई पनि सम्मान गरेको थियो ।

त्यसैगरी एसईई परीक्षामा जिल्ला र पालिकाबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत सम्मान गरेको थियो । सम्मानित हुने व्यक्तिहरुले स्थानीय सरकारले गरेको सम्मानले आफूहरुलाई अगामी दिनमा थप प्रगति गर्न प्रेरणा प्रदान गरेको बता‍एका थिए ।

यी हुन् सम्मानित हुनेहरु व्यक्तिहरुः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal