आज :

अकवीरको पीडा सेलाउन नपाउँदै माओवादी हुम्लाले गुमायो अर्का नेता गजबहादुर रावात

  • धनन्जय बुढा

सुर्खेत । नेकपा(माओवादी केन्द्र) हुम्ला जिल्ला समन्वय समिति सल्लाहकार ५६ वर्षिय गजबहादुर रावत(दिलीप)को गयराती सुर्खेत स्थित प्रदेश अस्पतालमा उपचारको क्रममा निधन भएको छ । बिहिबार विहान ६ बजे जेब्रा क्रसिङ गर्नेक्रममा अटोले टक्कर दिएर गम्भिर घाइते भएका रावतको १ बजे राती निधन भएको जिल्ला पार्टी संयोजक डा.दिपेन्द्र रोकायाले अनलाईन डबलीलाई बताए ।

२०५४ सालदेखि तत्कालिन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा होमिएका रावत निरन्तर पार्टीका विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए । सर्केगाड गाउँपालिका वडा न ३ का निवर्तमान अध्यक्षसमेत रहेका रावतको निधनले पार्टीका एकजाना परिपक्व र इमान्दार नेता गुमाएको र त्यसले पार्टीलाई अपुरणिय क्षति भएको डा. रोकायाले बताए । यस दुःखत घडिमा शोकाकुल परिवार तथा आफन्तजनहरुमा गहिरो समवेदना व्यक्त गर्दै सिंगो पार्टी कमिटीलाई धैर्यधारण गर्न अनुरोध गर्दछु, डा.रोकायाले थपे ।

हालै मात्र नेकपा(माओवादी केन्द्र) हुम्लाको ताँजाकोट गाउँकमिटि अध्यक्ष अकवीर खड्काको पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै सवारी दुर्घटनामा परी निधन भएको थियो । संयोजक रोकायाले अकवीरको पीडा कम हुननपाउँदै पुनः सवारी दुर्घटनामा आफ्ना अर्का होनाहार नेताको मृत्युले आफूहरुलाई थप मर्माहित बनाएको र यी दुबै घटना शंकास्पद भएको जिकिरसमेत गरेका छन् । डा.रोकायाले दुवै घटनाको छानबिन र उचित क्षतिपूर्तिको लागि पार्टीले मागगरेकोसमेत बताएका छन् । मृतक रावतको परिवार नआएसम्म लासलाई बाहिर ल्याउन तथा पोष्टमार्टम गर्न नदिने अनलाईन डबलीसँग कुरा गर्दै बताए । ‘हामी यी दुर्घटनाहरुको निश्पक्ष छानविन र उचित क्षतिपूर्तिको माग पूरा नभएसम्म अत्यष्ठी हुनदिने छैनौं’, रोकायाले थपे ।

गजबहादुर रावत
जन्मः २०२४/६/८
मृत्यूः २०८०/३/२९
स्थानः उनापानी
राजीतिक पृष्ठभूमीः
– २०५४ वैशाख १० गते तत्कालिन नेकपा (मओवादी) को पार्टी सदस्य
– २०५४ भदौमा तत्कालिन सर्किदेउ गाविसको उप–प्रमुखको जिम्मेवारी
– २०५५ सालमा पार्टी एरिया कमिटी सदस्य
– २०५५ असोजमा पार्टी पूर्णकालिन सदस्य भएर भूमिगत, बराई गाउँकमिटी इन्चार्ज
– २०५६ सालमा जिल्ला कमिटी सदस्य
– २०७४ बैशाखमा वडाअध्यक्ष निर्वाचित ।
– हाल हुम्ला जिल्ला नेकापा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सल्लाहकार

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal