
काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लम्ुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ । लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने उक्त स्थानमा भएको हो ।
स्थानीयका अनुसार ‘हेलिकप्टर क्षतविक्षत भएको छ । प्रहरी घटनास्थल तर्फ गएको छ ।
मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर १० बजेर १० मिनेटमा सुर्केबाट उडेको थियो । काठमाडौँको लागि उडेको केही मिनेटमा हेलिकप्टर सम्पर्क विहीन भएको थियो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।
सदरमुकामबाट लम्जुजुरामा पुग्न करिब ४ घण्टा लाग्छ ।
यसैबीच दुर्घटनाग्रस्त हेलिकोप्टरको खोजी तथा उद्धारको लागि काठमाडौँबाट टीम परिचालन भएको छ । मनाङ एयरका अनुसार ६ जनाको उद्दार टिमसहित अल्टिच्यूड एयरको हेलिकप्टर परिचालन गरिएको छ ।