आज :

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था भ्रष्टाचार र बेथितिको अखडा, शेयर सदस्यहरु सडकमा

  • अनलाइन डबली

काठमाडौँ । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमेटेड भ्रष्टाचारको अखडा बनेको छ । संस्थाले आफू खुशी मनमोहन मेमरियल अस्पताललगायतका संरचना बिक्री गर्न लागेको भन्दै शेयर सदस्यहरु विरोधमा उत्रिएका छन् ।

संस्थाले सहकारी ऐन विपरित संचालक समतिका सदस्य र उपसहितका सदस्यहरुले साधारणसभाबाट निर्णय नगरी सेवा सुविधा लिएर संस्थालाई डुबाएको सदस्यहरुले आरोप लगाएका छन् । त्यस्तै, संस्थाको चल अचल सम्पती आफू खुशी बिक्री गर्न लालेको, आफ्ना नातागोताको भर्ती केन्द्र बनाएको, संचालक समिति सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्य र कर्मचारहरुले अस्वाभाविक रुपमा पेश्की रकम लिएको, मनमोहन अस्पताललाई संस्थाको उद्देश्य र नियम विपरित साधारणसभाबाट अनुमति नलिई भाडामा दिएको, एउटै व्यक्ति बर्षौसम्म संचालक समितिमा रहेर संस्थाको हितविपरित कार्य गरेको, १७ बर्षदेखि शेयर सदस्यलाई नाफा वितरण नगरेकोलगायतका विषय उठाएर शेयर सदस्यहरु सडकमा निस्किएका छन् ।

संचालक समितकाे गैरजिम्मेवारीका कारण संस्थाले चलाएका मनमाेहन कलेज, अस्पताल, मनमाेहन मेडिकल कलेजलगायत डुब्ने अवस्थामा पुगेका छन् । करिब २ हजार ६ सय शेयर सदस्यको बचत पनि जोखिम अवस्थामा परेको छ ।

आज लैनचोरस्थित चैनचौर बैङक्युटमा विरोध प्रदर्शनको कार्यक्रम राखिएको छ । सोही ठाउँमा संस्थाले साधारणसभा राखेको छ ।

यी हुन् बेथितिहरुः 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal