आज :

ललिता निवास जग्गा प्रकरणमा ५ जनाविरुद्द पक्राउ पुर्जी जारी, अन्य थप ब्यक्तिविरुद्ध पनि पक्राउ पूर्जीको तयारी

  • अनलाइन डबली

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना विरुद्द पक्राउ पुर्जी जारी भएको छ ।

 पक्राउ पुर्जी जारि भएकाहरुमा तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी गरिएको हो ।

ललिता निवासको सरकारी जग्गामा नक्कली मोही खडा गरि  व्यक्तिका नाममा नामसारी गर्ने निर्णयमा उनीहरुको संलग्नता देखिएकाले सीआइबिले अनुसन्धान अघि बढाएन पक्राउ पुर्जी जारि गरिएको हो  ।

सो प्रकरणमा तत्कालिन १७ जना पूर्वसहसचिवविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ । पक्राउ पूर्जी जारी भएका तत्कालिन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा सर्वोच्चको आदेशबाट छुटेका छन् ।

पूर्व सचिव र सहसचिवहरुलाई प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय, भौतिक पूर्वाधार, भूमिसुधार मन्त्रालयलगायतका मन्त्रालयमा रहँदा सरकारी जग्गा ब्यक्तिको नाममा लैजान सहयोग गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

यस अघि प्रहरी हिरासतमा रहेकाहरुको  बयानका आधारमा प्रहरीले थप ब्यक्तिहरुविरुद्ध पक्राउ पूर्जी जारि हुने प्रहरी स्रोतको भनाइ  छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal