आज :

आईसीसी विश्वकपः सातौं स्थानको लागि नेपाल र यूएई खेल्दै, उपाधिको लागि श्रीलंका र जिम्बावे भिड्ने सम्भावना

  • अनलाइन डबली

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोटको प्लेअफमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्दैछ । नेपाली समयअनुसार खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा शुरु हुनेछ ।

विश्वकप खेल्ने सपना पूरा बोकर जिम्बावे गएको नेपाली टोली सुपर सिक्समा पुग्न सकेन । नेपाल समूह ए को चौथो स्थानमा रहेको थियो भने यूएईले समूह बी मा खाता पनि खोल्न सकेको थिएन ।

आजको खेलमा नेपालले युएईलाई पराजित गर्न सके सातौं स्थान बनाउनेछ ।

नेपाल र युएईबीच अहिलेसम्म १४ वटा एकदिवसीय खेल भएकोमा नेपाल ८ खेलमा र यूएई ६ खेलमा विजयी भएका छन् । विगतमा भएका खेलका आधारमा नेपालले युएईलाई पराजित गर्ने अपेक्षा गरिएको छ ।

आजै विश्वकप छनोटको सुपर सिक्समा श्रीलंका र जिम्बावेले खेल्दैछन् । खेल दिउँसो पौने १ बजे हुनेछन् ।

हिजो स्कटल्याण्डसँग पराजित भएर वेष्ट इन्डिज बाहिरिएसँगै शीर्ष स्थानको श्रीलंका र दोस्रो स्थानको जिम्बावेले विश्वकप खेल्ने सम्भावना उच्च छ । तेस्रो स्थानको स्कटल्याण्ड्को पनि गणितीय सम्भावना कायमै छ ।

दुई पटकको विश्व विजेता वेस्ट इन्डिज पहिलो पहिलोपटक विश्वकपमा छनोटबाट बाहिरएको छ । वेष्ट इन्डिजले दुई पटकको एकदिवसीय र टी–२० विश्व जितेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal