आज :

सितापाइला माविमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँको श्री सितापाईला माध्यामिक विद्यालयमा साइबर अपराधसम्बन्धी सेचतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल दूरसंचार प्राधिकरणसँगको सहकार्यमा संवाद डबलीको तर्फबाट डबली मिडियाले आयोजना गरेको कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई साइबर अपराध र सुरक्षाबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा साइबर ब्यूरोका प्रहरी नायव निरीक्षक जिरबहादुर बुढाले साइबर अपराध भनेको के हो ? यसबाट बच्ने उपाय र कानुनी उपचारलगायतका विषयमा जानकारी गराएका थिए । उनले प्रविधिको प्रयोगसँग साइबर अपराधका घटना दिनदिनै बढिरहेको बताउँदै बच्नुपर्ने बताए ।

विद्यार्थीले इन्टरनेट तथा प्रविधिको गलत प्रयोगले साइबर अपराधका घटना बढिरहेको बताउँदै त्यसबाट बच्न नसके बालबालिकाको भविश्य बिग्रिने बताउँदै त्यसमा शिक्षक र अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए ।

सामाजिक संजाल प्रयोगकर्ताहरुले कतिपय अवस्थामा नजानेरै साइबर अपराधका घटना घट्ने गरेको बताउँदै बुढाले त्यसबाट बच्ने उपायबारे पनि जानकारी गराएका थिए ।

त्यसैगरी प्रविधिको प्रयोगसँग बालबालिकाको स्वास्थ्यमा कस्ता समस्या देखा पर्छन् र उपचारका उपायबारे स्वास्थ्यकर्मी तथा सामाजिक अभियान्त डम्बर बहादुर रावलले विद्यार्थीलाई जानकारी गराएका थिए । उनले प्रविधिको प्रयोग आवश्यकता भन्दा बढी प्रयोगले मानसिक र शारीरिक समस्या पैदा हुने गरेको बताएका थिए ।

रावलले मोबाइल, ल्यापटपलगायतका डिभाइसको प्रयोगले मानसपटकसँगै आँखा, डाढ, कर्धन, पेटलमा समस्या देखा पर्ने गरेको बताउँदै आवश्यकताभन्दा बढी प्रविधिको प्रयोग नगर्न विद्यार्थीलाई आग्रह समेत गरे ।

नागार्जुन नगरपालिका –४ स्थित सितापाइलामा रहेको विद्यालयमा सम्पन्न कार्यक्रम डबली मिडियाका अध्यक्ष दिपेन्द्र रावलको अध्यक्षतामा सम्पन्न भएको थियो भने संवाद डबलीका सचिव धनञ्जय बुढाले संचालन गरेका थिए । त्यस्तै, दमनबहादुर बटालाले समन्वय गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यायक लालबाबु गुप्ता, स्कुलका इन्चार्ज जयराम खनाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal