आज :

पोखराको फेवातालमा आज बात ‘नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिबल’ सुरु हुँदै

  • अनलाइन डबली

काठमाडौँ। पोखराको फेवातालमा आज बात ‘नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिबल’ सुरु हुँदैछ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेकाे यो रोमाञ्चक प्रतियोगितामा चिनियाँ चार र नेपाली चार गरी आठ टाेलीकाे सहभागिता हुने भएको छ ।

प्रतियाेगितामा सहभागी टोलीले पाँच सय र दुई सय मिटरको दुरीमा डुङ्गा दौड गर्नेछन । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म हुने डुङ्गा दौड प्रतियोगितामा पाँच सय मिटरतर्फ विजेताले पाँच लाख, उपविजेताले तीन लाख र तेस्राे हुनेले दुई लाख रुपैयाँ पुरस्कार रकम तोकिएको छ । त्यसैगरी दुई सय मिटरतर्फ विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्राे हुनेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसै गरि दुई दिन सम्म संचालन हुने यस प्रतियाेगितामा नेपाली र चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहनेछ । ‘नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिबल’ मा सहभागी हुन ६० जना खेलाडीसहितको झन्डै दुई सय चिनियाँ टोली विमान चार्टर्ड गरेर पोखरा आइसकेको आयोजन टोलीले जनाएको छ । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एसाेसियशन पोखरा सहयोगी संस्थाका रूपमा रहने यो फेस्टिबलका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal