आज :

सुदूरपश्चिम प्रदेशका गृहमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । धनगढीबाट बझाङ जाँदै गर्दा सवारी दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहको उपचारको क्रममा निधन भएको छ ।

घटनास्थलबाट हेलिकोप्टरबाट बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका लागि ल्याइएका सिंहको निधन भएको हो । मेडिकल कलेजले विज्ञप्ति जारी गरेर मन्त्री सिंहको मंगलबार साँझ ५ बजेर ३३ मिनेटमा मृत्यु भएको जानकारी दिएको छ ।

मन्त्री सिंह मंगलबार दिउँसो मन्त्री सवार सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना भएको थियो । दुर्घटनापछि मन्त्री सिंहलाई उपचारका लागी बाँकेको कोहलपुर ल्याइएको थियो ।

दुर्घटनामा परेकी मन्त्री पत्नी अमृता सिंहको घटनास्थलमा नै मृत्यु भएको छ । मन्त्रीका नातेदार जयादेवी सिंहको पनि घटनास्थलमा नै मृत्यु भएको छ । जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत (पिएसओ) को नेपालगन्ज मेडिकल कलेजमा उपचार हुँदै छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal