
काठमाडौँ । नेपाल नर्सिङ काउन्सिको रजिष्टारमा सुक्ला खनाल नियुक्त भएकी छन् । जनयुद्धमा सहभागी एकमात्र नर्स खनालले जनयुद्धका घाइतेको उपचारमा गर्नुको साथै तत्कालिन नेकपा (माओवादी)ले रोल्पामा संचालन गरेको ‘जन नमूना अस्पताल’ को नर्सिङ डाइरेक्टर भएर काम गरेकी थिइन् ।
जन नमुना अस्पतालमा जनयुद्धका घाइतेसँगै स्थानीयको उपचार गरिकी थिइन् ।
तनहुँ घर भएकी खनालले पिसिएल नर्सिङ गरेर त्रिवि शिक्षण अस्पताल सेवा गर्दै आइएकी खनाल संकटकालपछि जनयुद्धमा पूर्णकालिन भएकी थिइन् ।
शान्ति प्रक्रियापछि पूर्वापञ्चल विश्वविद्यालयबाट बि नर्सिङ गरेर निजामति कर्मचारी अस्पतालको साहयक मेट्रोन, नेपाल नर्सिङ संघको महासचिव समेत भइसकेकी खनाललाई सकारले काउन्सिलको रजिष्टार नियुक्त गरेको हो ।