
काठमाडौँ । बाजुराको बिछिया केन्द्रविन्दु भएर आज सोमवार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ७ बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।
बाजुराको उक्त क्षेत्र भूकम्पको जोखिमपूर्ण मानिन्छ ।
यसअघि यही जेठ १४ सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम चलिरहेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।
- फाइल फोटो