आज :

अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै, बजेटप्रति माधव नेपालको विरोध जारी 

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । महतले आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा जवाफ दिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेटमाथि छलफल भइरहेको थियो, साे क्रम हिजोबाट सकिएपछि सोमबार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् ।

आइतबार अर्थमन्त्रीले जवाफ दिने बताइएपनि प्रतिनिधिसभा सदस्यहरूले बोल्ने क्रम जारी रहेकाले आज लागि सारिएको थियो ।

यसैबीच सत्तारुढ ‍दल नेकपा एकीकृत समाजवादीले भने बजेटको विरोध गरेको छ । अध्यक्ष माधव कुमार नेपालले बजेट पारित हुन नदिने बरु सरकार छोड्ने चेतावनी दिँदै आएका छन् । नेपालको यो चेतावनीलाई बार्गेनिङको रुपमा लिइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal