आज :

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको अन्तिम खेल

  • अनलाइन डबली

काठमाडौँ । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको अन्तिम खेल हुँदैछ । म्यान्मारको यानगोनामा आज दोस्रो चरणको अन्तिम खेलमा नेपालले चाईनिज ताइपेइसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो । चाईनिज ताइपेइले अघिल्लो दुई खेलमध्ये एउटामा हार र अर्को बराबरी खेलेको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा छ । चाईनिज ताइपेइ एक अंकका साथ तेस्रो स्थानमा छ । चीन ६ अंकका साथ शीर्ष र म्यान्मार ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो । छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal