
काठमाडौँ । स्वास्थ्य व्यवसायी नवराज बस्नेले ‘मार्केट फ्रन्ट रनर अवार्ड’ जितेका छन् ।कोरोना भाइरस महामारीको बेला देशका विकट क्षेत्रमा जोखिमपूर्ण स्वस्थ्य संस्थालाई कोरोना खोप भण्डारण गर्ने रेफ्रीजीरेटर जडान र मर्मत गरेवापत बस्नेतलाई अवार्ड दिइएको हो ।
बस्नेतले संकटको सामना गर्दै स्वास्थ्य संस्था र पालिकामा ९ सय विद्युतीय सोलार रेफ्रीजीरेटर जडान सयमसीमा भित्रै जडान गरेका थिए ।
नेशनल बायोमेडिकलका अध्यक्ष समेत रहेका बस्नेतलाई चीनको haier Biomedical Qindao कम्पतीले उक्त अवार्ड दिएको हो ।
चीनको छिन्डाओ एक विशेष कार्यक्रमको आयोजना गरी नेपालसहित विश्वभरीका जोखिम मोलेका उत्कृष्ट व्यवसायीलाई उत्कृष्ट व्यवसायीलाई उक्त संस्थाले अवार्ड दिएको थियो । नेपालबाट बस्नेतले अवार्ड पाएका हुन् ।
उक्त रेफ्रीजीरेटर युनिफेसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग दिएको थियो ।