आज :

स्वरोजगारको लागि न्यू मिडिया तालिम

  • अनलाइन डबली

काठमाडौँ । प्रशिक्षार्थी पत्रकारहरूलाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुरमा न्यू मिडिया तालिम सम्पन्न गरेको छ । राजधानीका तीनवटै जिल्लाबाट सहभागी भएका प्रशिक्षार्थी पत्रकारहरूलाई लक्षित गरी मध्यपुर थिमि नगरपालिका र मध्यपुर सञ्चार समाजले संयुक्तरूपमा सातदिने तालिम सम्पन्न गरेको हो ।

तालिम कार्यक्रम अन्तर्गत रोजगारीमूलक न्यू मिडिया, खोज पत्रकारिता तथा फोटो पत्रकारिता अध्यापन गराइएको आयोजक संस्थाका अध्यक्ष बाबुकाजी श्रेष्ठले जनाए । ’स्वदेशमा रोजगारीको पहिचान गर्न नसकेर युवाहरू धमाधम विदेश पलायन भइरहेका छन् । त्यसैले विदेशिने युवाहरूको संख्यालाई न्यूनीकरण गरी नेपालमै न्यू मिडियामार्फत स्वरोजगार बन्न सकिन्छ भन्ने सन्देश दिन तालिम गरेका हौं ।’ श्रेष्ठले बताए ।

हुनपनि न्यू मिडिया अन्तर्गत युट्यूब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाललाई सही सदुपयोग गर्न सकेको खण्डमा पैसा कमाउन सकिन्छ । पछिल्लो समय पोडकास्ट, ब्लगस्पट र भ्लग बनाएर जिपिकोपार्जन गर्ने युवाहरू पनि छन् । सोही विषयको प्राविधिक र सैद्धान्तिक ज्ञानलाई तालिममा सहजिकरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्षमा सञ्चार सम्बन्धिको नीति नै बनाएर अगाडि बढ्ने बताए । स्थानिय सरकारको सुचनालाई नगरबासीसम्म सहज ढंगले पुर्याउन, विकास निर्माण सम्बन्धिको जानकारी दिन पनि मिडिया आवश्यक रहेको श्रेष्ठको भनाइ थियो । ’यो वर्ष नगरपालिकाले सहकारी, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन लगायतको ऐन बनाएको छ ।

हामीले हाम्रो पाँच वर्षको कार्यकाललाई सफल बनाउन पनि पञ्चवर्षिय योजना बनाएर अघि बढेका छौं । तर यो विषय मिडियामा नआएको भएर हामीले गरेको काम नगरबासीले थाहा पाएनन् ।’ मेयर श्रेष्ठको गुनासो थियो । त्यसैले आगामी दिनमा पत्रकार तथा सञ्चार संस्थासँग मिलेर काम गर्ने बताए ।

तीस जना प्रशिक्षार्थी पत्रकारहरू सहभागी रहेको तालिम कार्यक्रममा सञ्चारकर्मी केके मानन्धर, सागर गुरागाइँ, सुमन श्रेष्ठ तथा विकेन रंजितले प्रशिक्षण दिएका छन् ।

तालिम समापन कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ, सामाजिक विकास शाखाका प्रमुख तुलसी भक्त तः, कान्तिपुर पब्लिकेसन्ससँग आवद्ध रहेका सञ्चारकर्मी विश्वेश्वर श्रेष्ठ, वरिष्ठ सञ्चारकर्मी ईश्वरलाल श्रेष्ठ, चन्द्र कृष्ण (गोपाल) श्रेष्ठ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal