आज :

हजयात्रीको पहिलो समूहलाई गृहन्त्री श्रेष्ठले गरे बिदाई

  • अनलाइन डबली

काठमाडौं । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज त्यसतर्फ प्रस्थान गरेको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले दुईसय ६८ जनालाई राती १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाई गर्नुभएक हो ।

मुस्लिम जनसंख्याको ० दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ। विभिन्न समूह गरि २४ गतेसम्ममा यसवर्षका झण्डै ११ सय ८० हजयात्रीहरू साउदी अरेबिया पुग्नुहुने छ। उहाँहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ । नेपालमा मुस्लिम जनसंख्या १२ लाखको हाराहारीमा छ।

नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवम् गृह मन्त्रालयका उपसचिव विश्व कुईंकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हजयात्रीको छनौट हुने गर्दछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal