आज :

सिभिल अस्पताललाई राष्ट्रसेवक अस्पताल बनाउँनु पर्छः कार्यकारी निर्देशक पौडेल

  • अनलाइन डबली

काठमाडौं । निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विधाननिधि पौडेलले अस्पताललाई राष्ट्र सेवक अस्पतालको नामाकरण गरेर सेवा विस्तार गर्नुपर्ने सरकार समक्ष प्रस्ताव पेश गरेको बताएका छन् । मंगलबार काठमाडौंस्थित अस्पतालमा भएको पत्रकार सम्मेलनमा पौडेलले नेपाली सेना र नेपाल प्रहरीको जस्तै निजामती अस्पताललाई बनाउन सकिने धारणा राखे ।

पौडेलले शिक्षक,राष्ट्रिय अनुसन्धान, सरकारी बैंकलगायतका विभिन्न सरकारी सेवामा आबद्ध कर्मचारीहरुको सौलियतपूर्ण स्वास्थ्य सेवाका लागि राष्ट्र सेवक अस्पतालका रुपमा सिभिललाई विकास गर्न सकिने धारणा राखेका हुन् । सिभिल अस्पतालले आफै कमाएर निजामती कर्मचारीलाई सेवा निवृत्त र ननअपिसरलाई ५० र अफिसर स्तरका कर्मचारीलाई ४० प्रतिशत छुटको व्यवस्था भएको बताए ।

गत आर्थिक वर्षमा मात्रै निजामती कर्मचारीहरुलाई २ करोड ५० लाख छुट दिएको बताउँदै पौडेलले भने,“हामीले सिभिललाई आम जनताको लागि र सरकारी सेवामा भएका कर्मचारीको लागि सौलियत दिने व्यवस्थाको लागि प्रश्ताव राखेको तर कसैले सुन्दैनन् ।”

अब छिट्टै शिक्षण अस्पतालमा रुपान्तरण गर्ने र त्यसका लागि आवश्यक पूर्वाधारहरु विकास गरिरहेको धारणा राख्दै पौडेलले भने,“यस अस्पताललाई सरकारी अस्पताल मध्येकोे नमुना अस्पताल बनाउने लक्ष्य पुरा गर्न हामी दिन रात लागिपरेका छौं, शिक्षण सेवा पनि दिन सकिएको खण्डमा यसको थप सेवामा पनि वृद्धि हुने छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal