
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेका छन् । आइतबार मन्त्रिस्तरिय निर्णय गरेर कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले पदीय दुरुपयोग गरेर विभिन्न कम्पनीसँग सम्झौता गरेको, अनाधिकृत रुपमा वृद्धमुर्ती बनाउन दिएकोलगायतका प्रश्न सोधेका छन् ।
यसअघि अनलाइन डबलीले उपाध्यक्ष त्रिपाठीले गलत मनसायमा साग गरेका २४ कार्यसहित समाचार सम्प्रेशण गरेको थियो ।
मन्त्रालयले सोधेका १३ वटा प्रश्नको यथार्थ विवरण १५ दिनभित्र पेश गर्न भनिएको छ । पत्रमा मायादेवी मन्दिर परिसर वरिपरिको पोखरीका जीवजन्तु नष्ट गरी बनाइएका पोखरीमा करोडौँको टेन्डर निष्कासन गरी रकमको अपचलन गरेको गुनासोमा स्पष्टीकरण मागेको, कोषको परिसरभित्र काम गर्ने सङ्घ–संस्था, निर्माणाधीन परियोजना र परिसरभित्र मोटरबोट सञ्चालनका कानुनी आधारबारे यर्थाथ विवरण पेश गर्न भनिएको छ ।
कोषलाई ५ वर्षदेखि विभिन्न दाताले गरेको सहयोग रकमको परिचालन र उपाध्यक्षले गरिमामय पदको दुरुपयोगबाट मासिक तलब बुझेको भन्ने विषयमा स्पष्टीकरण सोधेको छ । मन्त्रालयले निकालेको टिप्पणी तथा आदेशले मन्दिर जाने बाटोको पसलदेखि क्रेन (सारस चरा) फाउन्डेशनको दुरुपयोगको बारे यथार्थ पेस गर्नुपर्ने बताएको छ ।
मन्त्रालयले निकालेको टिप्पणी र आदेशमा महायान पोखरीमा गुरुयोजना विपरीत अनधिकृत ढङ्गबाट बुद्धमूर्ति बनाउन दिएको भन्ने गुनासोको सन्दर्भमा त्यस मूर्ति बनाउन दिएको हो वा होइन भन्ने विषयमा पनि प्रश्न सोधिएको छ ।
यस्ता छन् मन्त्रालयले सोधेका प्रश्नहरुः
यो पनि पढ्नुहोस्