आज :

सरकारले एकैपटक डिजेल र मट्टितेलको लिटरमा १० रुपैयाँ घटायो, अब कतिमा किन्न पाइन्छ ?

  • अनलाइन डबली

काठमाडौं । सरकारले एकै पटक पेट्राेलियम पदार्थकाे भाउ १० रुपैयाँले घटाएकाे छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्राेलियम पदार्थकाे भाउ घटाएकाे छ ।

भारतीय आयल निगमले घटाएर नयाँ मूल्य पठाएसँगै नेपाल आयल निगमले पनि डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएकाे हो । अब डिजल र मट्टीतेलकाे भाउ प्रतिलिटर एक सय ५५ रुपैयाँ कायम भएकाे छ । यसअघि डिजल र मट्टीतेल प्रतिलिटर एक सय ६५ रूपैयाँ बिक्री हुँदै आएकाे छ ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले पेट्राेलकाे भाउ प्रतिलिटर एक सय ७५, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक सय ६० र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal